National life

डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन राष्ट्र बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
605Shares
डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन राष्ट्र बैंकको आग्रह
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ताे जनाएकाे हो ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने राष्ट्र बैंकले जनाएको छ । ‘यस्ता सेवाले आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने गर्दछ’, सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनका लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने राष्ट्र बैंकले प्रस्ट पारेको छ। ‘त्यसैले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेरमात्र कारोबार गर्नुपर्ने सूचनामा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?