National life

 धितोपत्र बोर्ड बैठकले अस्वीकृत गर्‍यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
537Shares
 धितोपत्र बोर्ड बैठकले अस्वीकृत गर्‍यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स
ncell

काठमाडौं । आफ्नो कार्यकालभित्रैमा जसरी पनि नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन निरन्तर लागी परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको तिब्र बेगमा ब्रेक लागेको छ ।

अर्थमन्त्रालयले (आज) सोमबार पठाएको थप स्पष्टिकरण पेश गर्ने सम्बन्धी पत्रको जवाफ दिन डाकिएको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धी थप निर्णय गर्न अस्वीकार गरेको कारण बोर्डका अध्यक्ष हमाललाई समस्या परेको बुझिएको छ ।

आजको सञ्चालक समितिको बैठकमा अर्थमन्त्रालयका प्रतिनिधि, राष्ट्र बैंकका प्रतिनिधि तथा नेपाल उद्योग बाणिज्य महासंंघका प्रतिनिधिसहितका सञ्चालकहरुले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा तेस्रो पक्ष संलग्नताको सम्बन्धमा थप अध्ययन नगरी निर्णय नगर्ने प्रस्ताव अडान उठेपछि आजको बैठक सकिएको छ ।

पुस २० गतेदेखि पदावधि सकिन लागेका धितोपत्र बोर्डका अध्यक्ष हमाल नयाँ स्टक एक्सचेन्जको लाइसेन्स नआउने अवस्था सृृजना भएसँगै समस्यामा परेका हुुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पदावधि एक महिना बाँकी हुँदा विदामा बस्नुपर्ने नियम विपरित नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न प्रयासमा रहेका हमालको नयाँ स्टक एक्सचेन्ज सम्बन्धी प्रक्रिया अन्योलमा परेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?