National life

नागरिक लगानी कोषकाे नाफा बढ्याे, यस्ता छन् अन्य सूचक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
852Shares
नागरिक लगानी कोषकाे नाफा बढ्याे, यस्ता छन् अन्य सूचक
ncell

काठमाडाैं । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७०–८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार सीआईटीले पहिलो त्रैमासमा २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १३.८२ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष यही अवधिसम्म सीआईटीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, समीक्षा अवधिमा सीआईटीको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा ब्याज आम्दानी १० करोड १२ लाख रुपैयाँमा सीमित थियो।

सीआईटीको सेवा शुल्क तथा कमिसन आम्दानी पनि बढेर ३२ करोड ९५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २९ करोड ३९ लाख रुपैयाँ थियो।

त्यस्तै, सीआईटीको व्यवस्थापन खर्च बढेर ८ करोड ५५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ७ करोड ११ लाख रुपैयाँ थियो।

सेयरपुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको सीआईटीको जगेडा कोषको आकारमा २५.०९ प्रतिशतले बढेर २३ अर्ब ३८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषमा १८ अर्ब ६९ करोड रुपैयाँ थियो।

सीआईटीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.९४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.९० रुपैयाँ थियो। लगानीमा प्रतिफल (आरओई) ९.३८ प्रतिशतबाट बढेर ९.४५ प्रतिशत पुगेको छ। सीआईटीको प्रतिसेयर नेटवर्थ १५९.९४ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?