National life

नागरिक लगानी कोषको खुद नाफामा १३.६२% ले वृद्धि, ब्याज आम्दानीमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
443Shares
नागरिक लगानी कोषको खुद नाफामा १३.६२% ले वृद्धि, ब्याज आम्दानीमा गिरावट
ncell

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषको खुद नाफा १३.६२ प्रतिशतले बढेर ३० करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

कोषले गात आर्थिक वर्षको सोही अवधिमा २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ।

१ वर्षको अवधिमा कोषको कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ करोड ९१ लाख ६१ हजार रुपैयाँ मात्रै कुल आम्दानी गरेको थियो ।

चालु आ.व.को पहिलो त्रैमाससम्म आइपुग्दा कोषको चुक्ता पुँजी ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार रुपैयाँ छ । भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८७ पैसपुगेको छ । यस्तै सेवा शुल्क तथा कमिसन आम्दानी १८.८६ प्रतिशतले बढेर ३९ करोड १६ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?