National life

नाफिज र प्राधिकरणको सहकार्यमा बीमा अन्तरक्रिया सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
977Shares
नाफिज र प्राधिकरणको सहकार्यमा बीमा अन्तरक्रिया सम्पन्न
ncell

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी सरोकारवाला व्यक्ति र नाफिजमा आवद्ध पत्रकारहरुको उपस्थीतीमा काठमाडौंको छैमलेमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा वक्ताहरुले बीमाको विस्तार गर्न अझै जागरण फैलाउनुपर्ने बताएका छन् । साथै, बीमा कम्पनीहरुले पनि इनोभेटीभ प्रडक्ट ल्याउनुपर्ने र प्राधिकरणले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समापन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा पहुँच विस्तार गर्न पत्रकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । बीमा विस्तार गर्ने मामिलामा प्राधिकरण नाफिजसँग थप सहकार्य गर्न तयार रहेको पनि उनले बताए ।

यसैगरि बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्ममा पुग्नुपर्ने उनले बताए । त्यसको लागि पनि पत्रकार र बीमा क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए । ‘सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्छ । तसर्थ, सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्ति लगायतका दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबै भन्दा बढी आवश्यकता भुइ मान्छेहरुलाई छ । उनीहरुलाई बीमाको दायामा ल्याउने काम हामीले गर्नुपर्छ,’ उनले बताए।

कार्यक्रमकै बिच पत्रकारले तथ्यमा आधारीत रहेर समाचार लेख्नुपर्ने उनको भनाइ छ । आग्रह तथा पुर्वाग्राहमा आधारीत भएर, अनुमानका भरमा समाचार लेख्दा बीमा क्षेत्रको मात्रै नभएर सञ्चार क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै गम्भिर रहनुपपर्नेमा उनले जोड दिएका छन् । यसैगरि उनले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताउदै यसले बीमा क्षेत्रको विस्तार र विकासमा सहयोग पूग्ने बताएका छन् । यो बीमा क्षेत्रको लागि कोसे ढुंगा सावित हुने पनि उनको दाबि छ।

यसैगरि बीमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको जानकारी गराउदै बीमा नियमावली स्वीकृति भएपछि बिमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सुचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने अध्यक्ष सिलवालको भनाई छ ।

यस्तै, नाफिजका अध्यक्ष मोदनाथ ढकालले बीमा सचेतना बढाउन नाफिज सहकार्य गर्न तयार रहेको बताएका छन् । प्राधिकरण, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ सहकार्य गरेर बीमा जागरण बनाउन नाफिज तयार रहेको उनको भनाइ छ । ‘हामीले यसअघि पुँजीबजार सम्बन्धी जागरण विस्तार गर्न प्रदेशगत रुपमा काम गरिसकेको छौं । अब बीमा सम्बन्धी सचेतना जगाउन पनि सहकार्य गर्न तयार छौं,’ उनले बताए ।

आर्थिक पत्रकारहरुको क्षमता विकास गर्न र कल्याणकारी काम गर्न नाफिज स्थापना भएको बताए उनको भनाई छ । ‘नाफिज ३०० भन्दा कम आर्थिक पत्रकारहरुको संस्था हो । यो ट्रेड युनियन भन्दा पनि आर्थिक पत्रकारहरुको क्षमता विकास गर्ने र कल्याणकारी काम गर्ने गरि यो स्थापना भएको हो,’ उनले भने, ‘सोहीअनुसार पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिम जस्ता कार्यक्रम गर्दै आएका छौं । कल्याणकारी तर्फ पहिलो पटक सदस्यहरुको कोरोना बीमा गरिएको थियो । अब नाफिज सदस्यहरुको स्वास्थ्य र दुर्घटना बीमा गर्ने तयारीमा छौं।’

यस्तै, उनले पत्रकारहरुले पढ्ने बानीको विकास गर्नुपर्ने बताएका छन् । पत्रकारले अध्ययन गरेमा सरोकारवाला निकाय र व्यक्तिलाई सही समयमा सही प्रश्गन गर्न सकिने उनको भनाइ छ । ‘पत्रकारलाई एकदमै छिटो एकदमै सही समाचार प्रसारण गर्नुपर्ने दवाव छ । यद्यपि, त्यसमा समयमा कम्परमाइज गर्न सकिन्छ,’ उनले भने, ‘सही समाचार दिने बिषयमा कम्परमाइज गर्न हुदैन ।’

यसैगरि नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले अब विद्यार्थीहरुबाट बीमा सम्बन्धी चेतना बढाउने काम गनुपर्ने बताएका छन् । त्यो मोडेलमा अघि बढे तल्लो स्तरबाटै बीमाको पहुँच विस्तार हुने उनको भनाई छ । ‘हामीले विद्यार्थीमा बीमा सम्बन्धी जागरण ल्याउन सकेमा उनीहरुले घरका अन्य सदस्यहरुलाई पनि बीमाबारे बुझाउन सक्छन् । त्यसले बीमाको जागरण विस्तार गर्न ठुलो सहयोग पुग्छ,’ उनले भने, ‘बीमाका लागि व्यवसायीक बजार पनि ठुलो छ । अब बीमा जागरणसँगै इनोभेटीभ प्रडक्ट लिएर अघि बढ्नुपर्छ । त्यसका लागि हामी नाफिजसँग सहकार्य गर्न तयार छौं।’

यस्तै, निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि यस कार्यत्रमले बीमा जागरण विस्तार गर्न ठुलो सहयोग पुग्ने बताएका छन् । ‘पत्रकारको एउटा धर्म, स्पष्ट रुपमा सही सुचना दिनु पनि हो । यो कार्यक्रमले पत्रकारहरुमा बीमा सम्बन्धी ज्ञान अझै बढेको र त्यसले गर्दा समाजमा बीमाबारे सही सुचना जाने अपेक्षा छ,’ उनले भने, ‘साथै, हामी नाफिजसँग सहकार्य गरेर बीमा सचेतना बढाउने काम गर्न तयार पनि छौं ।’

कार्यक्रममा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरु, नेपाल जीवन बीमक संघ तथा नेपाल बिमक संघका प्रतिनिधी र नाफिजमा आवद्ध आर्थिक पत्रकारहरुको उपस्थीति थियो । कार्यक्रममा प्राधिकरणका उप–निर्देशक साम्भराज लामिछानेले प्राधिकरणले गर्नेे बीमाको सुपरिवेक्षण तथा नियमनबारे र उप–निर्देशक निर्मला मल्लले बीमांकीय मुल्यांकनबारे प्रस्तुती दिएका थिए । कार्यक्रमको समापन समारोहको अध्यक्षता प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले गरेका थिए भने सञ्चालन नाफिज महासचिव नविन ढुंगनाले गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
977SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?