National life

नियम विपरीत काम गर्ने दुई बैंक राष्ट्रबैंकको कारबाहीमा , कुन कुन बैंक परे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ कात्तिक २०८१, सोमबार
702Shares
नियम विपरीत काम गर्ने दुई बैंक राष्ट्रबैंकको कारबाहीमा , कुन कुन बैंक परे ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  नियम विपरीत काम गर्ने दुई बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको कारबाहीमा एउटा वाणिज्य र एउटा विकास बैंक परेका हुन ।

राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो। खाता खोल्दा र सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही स्वरूप सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

यस्तै, मितेरी बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाहीमा परेको हो राष्ट्रबैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?