National life

नेपालमै पहिलो पटक माछापुच्छ्रे बैंकको पीओएस कारोबार ध्वनी मार्फत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
907Shares
नेपालमै पहिलो पटक माछापुच्छ्रे बैंकको पीओएस कारोबार ध्वनी मार्फत
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको सुरुवाट गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ। नेपालभरका एफआईएनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको जानकारी दिएको हो ।

अब माछापुच्छ्रे बैंकका एफआईएनपीओएस मर्चेन्टहरुले कार्ड, क्यूआर र एम–स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुने जानकारी बैंकले जानकारी गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी एफआईउनपीओएस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन्। साथै अन्य कुनै मर्चेन्टहरूलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन्।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?