National life

नेपाल धितोपत्र बोर्डले ल्यायो लगानीकर्ताका गुनासा सम्बोधन गर्न च्याटबोट सेवा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
490Shares
नेपाल धितोपत्र बोर्डले ल्यायो लगानीकर्ताका गुनासा सम्बोधन गर्न च्याटबोट सेवा
ncell

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न आफ्नो वेबसाइटमा च्याटबोट सेवाको सुरुआत गरेको छ। वर्ल्ड इन्भेटर विक–२०२३का अवसरमा आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी धितोपत्र बोर्डले च्याटबोट सेवाको सुरुआत गरिएको जानकारी गराएको हो।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आजबाट धितोपत्र बोर्डको वेबसाइटमा च्याटबोट सेवा सुरु गरिएको जानकारी दिए। ‘अब लगानीकर्ताहरुले आफ्ना गुनासा र जिज्ञासा च्याटबोटमार्फत राख्न सक्नेछन्’, उनले भने, ‘यसमार्फत प्राप्त गुनासा र जिज्ञासा छिटोभन्दा छिटो सुनुवाइ गर्न हामी तत्पर छौँ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष हमालले हाल नेपालमा वित्तीय साक्षरता निकै कम रहेको बताए। ‘यस्तो अवस्थामा धितोपत्र बोर्डले ल्याएको च्याटबोट सेवाले केही हदसम्म वित्तीय साक्षरता बढाउन भूमिका खेल्न सक्छ’, उनले भने।

अध्यक्ष हमालले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को सहकार्यमा ३६ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?