National life

नेपाल राष्ट्र बैंकले साढे १६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, आजै बाेलकबाेल हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
580Shares
नेपाल राष्ट्र बैंकले साढे १६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, आजै बाेलकबाेल हुने
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्दैछ । राष्ट्र बैंकले साढे १६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हाे । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

केन्द्रीय बैंकले कात्तिक १० गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४९ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ ।

यी ट्रेजरी बिल क्रमशः मंसिर ५ गते, माघ ९ गते, २०८१ वैशाख ११ गते र २०८१ कात्तिक ६ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज दिउँसो १२ः३० बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?