काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ ओटा कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कालिका लघुवित्त, हिमालयन डिष्टिलरी, कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक, मेरो माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र सूर्योदय वोमी लघुवित्त बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।
जसमा बिहीबारको अन्तिम कारोबार मूल्य १३ सय ६१ रुपैयाँलाई आधार मानेर हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । जस अनुसार कम्पनीको प्रतिकित्ता सेयर मूल्य ११ सय ८३.४८ रुपैयाँ कायम भएको छ ।
यस्तै, कालिका लघुवित्तको ९.५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११ सय रुपैयाँलाई आधार मानेर गरिएको मूल्य समायोजन पश्चात यसको प्रतिकित्ता सेयर मूल्य १ हजार ४.५७ रुपैयाँ कायम भएको छ ।
यस्तै कालिका पावर कम्पनीको ७ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । जसमा बिहीबारको अन्तिम कारोबार मूल्य ५३९ रुपैयाँलाई आधार मानिएको छ । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ५०३.७४ रुपैयाँ कायम भएको छ ।
यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४६६.०२ रुपैयाँ कायम भएको छ ।
मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य ७३२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८०.९३ रुपैयाँ कायम भएको छ ।
सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । यसको प्रतिकित्ता सेयर मूल्य ७१४.४३ रुपैयाँ कायम भएको छ ।
































