काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैसाथ लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त,साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ।
जस अनुसार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ।आज मंगलवार अन्तिम कारोबार मूल्य २३६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको छ। समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य २२४.७६ रुपैयाँ कायम भएको छ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात् बैंकको प्रतिकित्ता सेयर मूल्य ३७२.४० रुपैयाँ कायम भएको छ।
यस्तै, साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य ९२३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजन पश्चात् यसको प्रतिकित्ता सेयर मूल्य ८१४.६५ रुपैयाँ कायम भएको छ।
शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य ५५६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य ५१२.२१ रुपैयाँ कायम भएको छ।
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य ८६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य ७८५.३९ रुपैयाँ कायम भएको छ। बुधवार यी कम्पनीको यही भाउलाई आधार मानेर कारोबार खुला हुने भएको छ ।
































