काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको मूल्य समायोजन भएको छ ।
नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३१.८२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो।
नेप्सेले सोमबारको अन्तिम कारोबार ६९५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।


































