काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा उछाल आएको छ । बजार बढ्ने क्रम निरन्तर रुपमा अगाडि बढेको हो । केहि दिन यता कारोबार रकम सहित नेप्से परिसूचकले निरन्तर उचाई कायम गरी रहेको छ । आज शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।
अर्थतन्त्र समेत निरन्तर सकारात्मक बन्दै गएको, नियामक समेत केही नीति खुकुलो बनाउँदै गरेको र शेयर बजारको शत्रु भनिने बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बेला बजारले नयाँ उचाई कायम राख्ने लगानीकर्ताको भनाई छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ७०.८१ अकंले बढेर २९३१.६५ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । सोमबार बैकिङ समूहको २.९५ प्रतिशत, विकास बैंक समूहको ३ प्रतिशत, फाइनान्स समूहको ४.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स,जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, शुभम् पावर लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीसहित १ दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।



































