National life

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा मूल्यवृद्धि बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
942Shares
पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा मूल्यवृद्धि बढी
ncell

काठमाडौँ । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौँ उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा सात दशमलव १५ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २६ दशमलव ६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३ दशमलव ०८ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको आठ दशमलव २७ प्रतिशतले बढेको छ ।

गत वैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको छ । उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि दुइ दशमलव ६८ प्रतिशत रहेको छ । रासस

यो समाचार शेयर गर्नुहोस्
942SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?