National life

पुँजी बजारको दैनिक गिरावटप्रति लगानीकर्ताहरूको आपत्ति, छानबिनको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
735Shares
पुँजी बजारको दैनिक गिरावटप्रति लगानीकर्ताहरूको आपत्ति, छानबिनको माग
ncell

काठमाडौँ। दैनिक गिरावट आएको नेपालका पुँजी बजारको विषयमालाई लिएर आम लगानीकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बजारमा आएको दैनिक गिरावटको कारण आम लगानीकर्ताको मनोबल खस्किरहेको समयमा चार लगानीकर्ता संगठनले एक विज्ञप्ति जारी गर्दै पुँजी बजार निरन्तर घट्ने प्रक्रियामा कुनै ठोस तथ्यपरक आधार नभएको दाबी गरेका छन् । जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी (जगतजङ्ग) ले हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै उक्त समस्याको तत्काल छानबिन गर्न माग गरिएको छ ।

विभिन्न लगानीकर्ता समूहहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र नेपाल स्टक एक्सचेन्जमा यस विषयमा आफ्नो गुनासो राखिसकेको भन्दै, सम्बन्धित निकायले तत्काल छानबिन गर्न उनीहरूको जोडदार माग छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्न तथा आम लगानीकर्ताको अधिकारको संरक्षणका लागि नियमनकारी निकायबाट तुरुन्त पहल गरिनुपर्ने बताएका छन्। साथै, विज्ञप्तिमा आम लगानीकर्ताहरूलाई सुझबुझका साथ कारोबार गर्न र कसैको लहलहमा नपर्न सुझाव दिइएको छ। पुँजी बजार सुधारका लागि एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?