National life
cg eloctronics

पूँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम, शोधनान्तर बचत कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
1.1kShares
पूँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम, शोधनान्तर बचत कति ?
muktinatha bikash bank

काठमाडौँ। चालु आर्थिक वर्ष २०८०-८१ सुरुबाट नै रेमिट्यान्स उच्च दरमा बढेको र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचत उल्लेख्य बढेको तथ्याङ्कमा उल्लेख छ ।

उच्च गतिको विप्रेषण(रेमिट्यान्स) वृद्धि रोकिँदा माघमा चालु खाताको वृद्धि पनि रोकिएन गएको हो। माघ महिनामा  शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्याङ्कले देखाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज आइतबारका दिन सार्वजनिक भएको राष्ट्र बैंककको तथ्यांक अनुसार पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ  । गत आव २०७९-८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

त्यस्तै पुससम्म मासिक औसत १ खर्ब २० अर्बभन्दा माथि रहेको रेमिट्यान्स माघमा घटेको छ  । जसले गर्दा अन्य अवस्था यथावत हुँदा पनि चालु खाता बचत बढ्न नसकेको हो। यस्तै  चालु आव सात महिनामा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक देखिएको छ ।

everest bank

गत आव सात महिनामा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम थियो । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक थियो । रेमिट्यान्स औसतभन्दा कम आउँदा शोधनान्तर बचत वृद्धिदर पनि केही कम भएको छ ।

तर, माघ मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तमा २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको शोधनान्तर स्थिति माघमा पनि थप बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?