National life

बजारमा अधिक तरलता थुप्रिएसँगै एकैपटक ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
718Shares
बजारमा अधिक तरलता थुप्रिएसँगै एकैपटक ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ७० अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आजै दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदनका लागि बैंकले आह्वान गरेको छ ।

आगामी फागुन १ गते परिपक्क हुने निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?