National life

बजेटको लक्ष्य लोकप्रिय छ: अर्थमन्त्री डा. महत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ असार २०८०, शनिबार
786Shares
बजेटको लक्ष्य लोकप्रिय छ: अर्थमन्त्री डा. महत
ncell

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् । शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजनामा पोखरामा आय‍ोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ ।

Royal Enfield
nic asia capital
त्यसका लागि बाटो तय भएको छ । अर्थमन्त्री महतले थपे, 'हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने जस्ता कार्यलाई यसपटक हामीले पूर्णरुपमा निषेध गरेका छौं ।’
'अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उनले भने, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो । लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा व्याजदर बढी थियो । यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएका छन् । वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ । पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । बैंकको ब्याजदरमा पनि कमी हुन थालेको छ । अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ' मन्त्री डा. महतले भने ।

सोही अवसरमा अर्थमन्त्री डा.महतले करको दायरालाई बैज्ञानिक बनाउन भ्याटको दायरा समेत बढाइएको बताए । 'पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो । हामीले पुनः प्रवेश गराएका छौं' उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?