National life

बाग्मती प्रदेश सरकारको पूँजीगत खर्च चालू खर्चको तुलनामा कम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
1KShares
बाग्मती प्रदेश सरकारको पूँजीगत खर्च चालू खर्चको तुलनामा कम
ncell

काठमाडौं । बाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको झन्डै १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकोमा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार रुपैयाँ खर्च भएको छ । चालू खर्चको तुलनामा पूँजीगत खर्च कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव ६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?