National life

बाढी पहिरोको क्षति: ५० करोड बढीको दाबी, २८४ वटा मोटर बीमाको दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
903Shares
बाढी पहिरोको क्षति: ५० करोड बढीको दाबी, २८४ वटा मोटर बीमाको दाबी भुक्तानी
ncell

काठमाडौँ। गत असोज महिनामा आएको अविरल वर्षासँगै आएको बाढीका कारण एक हजार भन्दा बढी मोटर बीमाको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणको एक तथ्यांक अनुसार कात्तिक २० गतेसम्ममा १ हजार २६९ वटा मोटर बीमाको दाबी परेको हो।

त्यसमध्येमा ९१३ वटा सवारी निजीतर्फ रहेका छन् भने ३५६ वटा सवारी सार्वजनिक रहेका छन्। २८४ वटा मोटर बीमाको भने दाबी भुक्तानी भइसकेको प्राधिकरणको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा २०७ वटा निजी मोटर र ७७ वटा सार्वजनिक मोटर गरी कुल २८४ वटा मोटर बीमाको दाबी भुक्तानी भएको हो ।

कात्तिक २० गतेसम्ममा मोटर बीमातर्फ निजी र सार्वजनिक गरी कुल ५० करोड ९ लाख ३३ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो । त्यसमा निजीतर्फ ३३ करोड २५ लाख रुपैयाँ र सार्वजनिकतर्फ १६ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

मोटर बीमातर्फ परेको दाबीमा हालसम्म निर्जीवन बीमकहरुबाट जम्मा १३.४२ प्रतिशत मात्रै बीमा दाबी भुक्तानी भएको छ। सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कात्तिक २० गतेसम्ममा बाढी पहिरोबाट क्षति पुगेका मोटर बीमाको ६ करोड ७२ लाख ४३ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ।

जसमा निजी सवारीतर्फ ३ करोड २३ लाख ४८ हजार रुपैयाँ र सार्वजनिकतर्फ ३ करोड ४८ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण ठुलो धनजनको क्षति भएको छ । सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, मोटर बीमा, सामुद्रिक बीमा, पशुपन्छी बीमा, कृषि बाली बीमा र विविध गरी कात्तिक २० गतेसम्ममा कुल ३ हजार ४६० वटा दाबीको १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी परेको छ ।

तर सो अवधिसम्म बीमा कम्पनीहरूले विभिन्न बीमालेखअन्तर्गत ६३७ वटा दाबीको मात्रै भुक्तानी गरेका छन् । बीमकहरुले ४७ करोड ११ लाख ५८ हजार रुपैयाँको मात्रै दाबी भुक्तानी गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
903SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?