National life

बैंक वित्तीय संस्थामा १ अर्ब बढीको लगानी गर्दै केन्द्रीय बैंक, यस्ता छन् शर्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
847Shares
बैंक वित्तीय संस्थामा १ अर्ब बढीको लगानी गर्दै केन्द्रीय बैंक, यस्ता छन् शर्त
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले लगानी गर्ने भएको छ। एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब बढीको लगानी गर्ने जानकारी दिएको छ ।

केन्द्रिय बैंकले प्रकाशन गरेको सूचना अनुसार १ अर्ब ८३ करोड २० लाख रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने जनाएको छ । यसका लागि राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न बैंकहरूसँग प्रस्ताव माग गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ४६ करोड ७० लाख, राष्ट्रियस्तरका विकास बैंकमा २७ करोड ४० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थामा ९ करोड १० लाख रुपियाँ निक्षेप जम्मा गर्ने भएको हो ।

राष्ट्र बैंकका उक्त रकम ३९३ दिन अर्थात् १९ नोभेम्बर २०२४ देखि १६ डिसेम्बर २०२५ सम्मका लागि मुद्दतीमा राखिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते राति १२ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन्।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/11/Banking-News-Notice-.pdf"]

यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?