काठमाडौं । भदौ ७ गते मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधिपछि सकिँदैछ।
कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो । ‘लक इन’ अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न पाउने छैनन् ।
कम्पनीले २०७८ साउन २७ गतेदेखि ३१ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी भदौ ७ गते बाँडफाँड गरेको थियो ।



































