National life

मनसुनको समयावधिभर नागरिकलाई राहत र उद्धारका लागि कार्यदल बनाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
632Shares
मनसुनको समयावधिभर नागरिकलाई राहत र उद्धारका लागि कार्यदल बनाउने
ncell

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनको समय अवधिभर नागरिकलाई राहत र उद्धारका लागि गृह मन्त्रालयको नेतृत्वमा 'टास्क फोर्स' अर्थात् कार्यदल बनाउने बताएका छन् ।

गृह मन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमबारे सरोकारवालहरूसँग  छलफल गर्दै उपप्रधान एवम् गृहमन्त्री लामिछानेले जेठ १९ गतेदेखि असोज १९ गतेसम्मका लागि विशेष कार्यदल बनाउने बताएका छन् ।

गृहमन्त्री लामिछानेले मनसुनजन्य विपदमा नागरिकको उद्धार र राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकप्टर व्यवसायीका प्रतिनिधि, मौसम पूर्वानुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी तीन दिनभित्र कार्यदल बनाउने गरि काम गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

जोखिम आउनु भन्दा पहिला नै राज्य तयारी अवस्थामा रहनुपर्ने गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्। अप्ठ्यारो परेको अवस्थामा कानुनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि उनले सुझाव दिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामिछानेले बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालका लागि बेलिब्रिज आवश्यक पर्ने भएकाले बेलिब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानुन कागजमा राम्रो भए पनि व्यवहारमा लागू गर्न समस्या रहेको  जनाएका छन् । उनले जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको जानकारी गराएका छन् ।

यस्तै सशस्त्र तर्फका प्रहरीका महानिरीक्षक राजु अर्यालले डुबान रोक्नका लागि कोशी ब्यारेजका ढोका खोल्ने विषयमा नेपाल–भारतबिच समन्वय गर्न जरुरी रहेको बताए । अर्यालले दुवै देशबिच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?