National life

माग घटेसँगै राष्ट्र बैंकमा बैंकहरुले गरे २७ खर्ब २७ अर्ब ७५ करोड निक्षेप लगानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
584Shares
माग घटेसँगै राष्ट्र बैंकमा बैंकहरुले गरे २७ खर्ब २७ अर्ब ७५ करोड निक्षेप लगानी
ncell

काठमाडौँ। कर्जाको माग घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट खर्बौँ रुपैयाँ बराबरको निक्षेप सुविधा ल्याएका छन्।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तयार गरेको तथ्यांक अनुसार चालु आवको ८०/८१ मा बैंकहरुले राष्ट्र बैंकमा ५६३ पटक गरेर २७ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप राखेका हुन्।

त्यसमध्येमा २५ खर्ब ७२ अर्ब १५ करोड रुपैयाँ फिर्ता भइसकेको छ भने बाँकी एक खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ भने परिपक्व नभइसकेको र राष्ट्रबैंकको जानकारी छ । परिपक्व भएपछि भने बैंकहरुले उक्त रकम व्याज सहित फिर्ता पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन गरेर दुई उपकरण मार्फत उक्त रकम बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । गत फागुनदेखि कार्यान्वयनमा आएको स्थायी निक्षेप सुविधा ९एसडीएफ० अन्तरगत बैंकहरुले १६ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्।

५१६ पटक गरेर बैंकहरुले सो बराबरको निक्षेप राखेका हुन् । १६ खर्ब ४५ करोड ३० लाख रुपैयाँ निक्षेप परिपक्व भएर फिर्ता भइसकेको छ । त्यो बाहेक २२ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमै रहेको छ । त्यो निक्षेप आउँदो बुधवार परिपक्व हुनेछ । बैंकहरुले उक्त रकम व्याजसहित सबै फिर्ता पाउने छन् । त्यसपछि पुनः बैंकहरुले एसडीएफ अन्तरगत राष्ट्र बैंकमै निक्षेप पनि राख्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?