National life

मुद्दती निक्षेपमा १ अर्ब ५० करोड लगानी गर्दै केन्द्रीय बैंक, कुन वर्गको बैंकमा कति लगानी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
596Shares
मुद्दती निक्षेपमा १ अर्ब ५० करोड लगानी गर्दै केन्द्रीय बैंक, कुन वर्गको बैंकमा कति लगानी ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब करोड १२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ ,‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ७५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने बैंकको जानकारी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी भदौ २६ गते राती ७ बजेभित्र लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्ने बैंकंको प्रकाशित सूचनामा भनिएको छ ।

आवेदनका लागि बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?