National life

राष्ट्रिस्तरका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
644Shares
राष्ट्रिस्तरका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
ncell

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएका छन् ।

बैंकले विभिन्न कोषहरुमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले कुल १३ करोड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

यो रकम २०८१ असार २ गतेदेखि २०८२ असार २ गते गतेसम्म ९१ वर्ष० अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा १० करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा १ करोड ९८ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ६६ लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी जेठ १६ गतेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?