National life

राष्ट्र बैंकले २१ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
561Shares
राष्ट्र बैंकले २१ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले आगामी सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हाे ।

केन्द्रीय बैंकले आगामी कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
९१ दिने अवधिका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको केन्द्रीय बैंकले १८२ दिने अवधिका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने उल्लेख गरेको छ

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

केन्द्रीय बैंकले यसअघि कात्तिक १३ गते १७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्रीमा ल्याएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?