National life

राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी आज बोलकबोल गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
1.1kShares
राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी आज बोलकबोल गर्दै
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक १४ गते जारी गर्नेगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेगरी चार किसिममा कूल २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबारदिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?