National life

लघुवित्तले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
785Shares
लघुवित्तले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न नपाउने
ncell

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा थप गर्दै यस्तो ब्यवस्था गरेको हो ।

यस्तै नेपाल राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ इन्सटिच्युट, नेपाल क्लियरिङ्ग हाउस, कर्जा सूचना केन्द्र लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनीमा लघुवित्तले पनि सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

यी संस्थाबाहेकका संस्थाहरुको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैगरी, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने(गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछ ।

तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने(गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न बाधा नपुग्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यसका साथै बैंकले अबदेखि सबै लघुवित्त वित्तीय संस्थाहरुलाई पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ ।

अहिलेसम्म भने राष्ट्रियस्तरका लघुवित्तलाई मात्र एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने अनिवार्यता थियो । तर अब सबै किसिमका लघुवित्त कम्पनीहरुले अनिवार्यरुपमा एनएफआरएस विधि अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

साथै, नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (आइएफआरएस) लाई आधारको रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति(पुनर्नियुक्ति हुन योग्य नहुने व्यवस्था गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?