National life

विदेशी विनिमय सञ्चितिमा ९.४ % ले वृद्धि, १४.६ महिनाको सेवा आयात धान्न पर्याप्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
699Shares
विदेशी विनिमय सञ्चितिमा ९.४ % ले वृद्धि, १४.६ महिनाको सेवा आयात धान्न पर्याप्त
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालको विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । यो हालसम्मकै उच्च हो ।

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा विनिमय सञ्चिति ९.४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कुल विदेशी विनिमय सञ्चिति रहेको थियो। अमेरिकीको सञ्चिति ८.७ प्रतिशतले बढेको छ। २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा १६ अर्ब ६० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ।  विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ। २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?