National life

विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक,जीडीपी ३६.७ प्रतिशत (पूर्णपाठ )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
1.3kShares
विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक,जीडीपी ३६.७ प्रतिशत (पूर्णपाठ )
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वित्तीय विवरण अनुसार नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्मको अवधिमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो। असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो ।

साउन महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको तथ्यांक मा उल्लेख छ। असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो ।

त्यस्तै, आव २०८१/८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको तथ्यांकमा उल्लेख छ ।

साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३.३ प्रतिशत छ ।

२०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन्।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-One-Month-data-of-2081.82-1.pdf" title="Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-One-Month-data-of-2081.82 (1)"]

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?