काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा जुटेको छ । बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार मौद्रिक नीतिको समीक्षाको लागि सम्बन्धित विभागमा अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै पोखरेलले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेकोजानकारी दिएका छन् ।
https://aarthikvoice.com/archives/48663
केन्द्रीय बैंकले शुक्रवारसम्म पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारीका साथ काम गरिरहेको जानकारी पोखरेलले दिए। उनले भने,‘ तयारी अन्तिममै छ तर पनि व्यवस्थापन समितिमा छलफल हुन्छ, बोर्डमा छलफल हुन्छ। भएसम्म यसै साता शुक्रवारसम्म मौद्रिक नीति सार्वजनिक हुने छ’। नियामकीय प्रावधानअनुसार नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्नुपर्ने हुन्छ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्ने नियामकीय प्रावधान छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले अहिलेको बैंकमा थुप्रिँदै गएको तरलता,कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जालाई न्यूनीकरण गर्ने खालको व्यवस्था ल्याउनुपर्ने माग बैंकरहरुको छ ।
यस्तै,सेयर लगानीकर्ताले सेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्न पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् । आफ्ना माग मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरूको छ।
































