National life

संकटमा सुनचाँदी व्यवसाय: मूल्यमा अस्वाभाविक वृद्धि खपतमा कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
800Shares
संकटमा सुनचाँदी व्यवसाय: मूल्यमा अस्वाभाविक वृद्धि खपतमा कमी
ncell

काठमाडौँ । नेपालको हकमा सुन–चाँदीको प्रयोग र यसको ऐतिहासिकताको अध्ययन गर्ने हो भने निकै लामो इतिहास रहेको पाइन्छ । यसको विभिन्न पाटोहरूको चर्चा गर्दा आर्थिक तथा मौद्रिक पाटोको महत्त्व अझ बढी रहेको छ।

विभिन्न सभ्यताहरूको विकास क्रम सँगसँगै धनको सङ्ग्रह र अर्थतन्त्रको पनि विकास हुँदै आएको छ। विश्वमा मुद्राको आविष्कार र मुद्रा निष्कासन गर्ने पहिलो देश चीनलाई मानिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुद्राको विकाससँगै अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित बन्न आएको अर्को धातु हो सुन ।

कहिले पनि ननासिने,चमकदार, र मूल्यवान् धातु हो सुन सुनको सङ्ग्रहबाट नै सभ्यताहरूको अर्थतन्त्रहरू चलेको इतिहासमा उल्लेख भएका छन् । जुन शासक वा सभ्यतासँग सुनको सङ्ग्रह भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो। अहिलेको आधुनिक समयमा सुनको मूल्यमा हुँदै आएको वृद्धि र यसको उपलब्धतामा आएको कमीले सुनलाई अझ बढी आकर्षक बनाइरहेको छ।

सुन–चाँदीको यही गुणका कारणले नै हाम्रा पुर्खा देखि नै विवाह, शुभ कार्यहरूमा उपहार दिँदा सुनचाँदी कै गरगहना, दाइजो लगायतका रूपमा उपहार र आशीर्वाद दिने प्रचलन रही आएको छ। सुनचाँदी गरगहनाहरू हरेक नेपालीहरूको घरघरमा धार्मिक, सांस्कृतिक, सामाजिक चलन, रीतिरिवाजको रूपमा ‘सुखको गहना, दुःखको खजाना’ को रूपमा कायम रहेको छ।

अहिले पनि सबै देशका केन्द्रीय बैंकहरुले आ–आफ्नो ढुकुटीमा सुनको सञ्चय गर्नै पर्ने व्यवस्था रहेको छ र सुन विश्वको मौद्रिक प्रणालीको अभिन्न अङ्ग रही आएको छ। नेपालको रिजर्भ बैंक, नेपाल राष्ट्र बैंकले यही प्रणालीको अनुसरण गर्दै नेपाली रुपैयाँको निष्कासन गर्दा सुन लगायतका सम्पत्ति ढुकुटीमा राखेर गर्दछ। सुनले संसारको मौद्रिक प्रणालीमा जस्तै नेपाली मौद्रिक प्रणालीमा पनि महत्त्वपूर्ण स्थान राख्दछ।

संसारका सबै देशहरूमा सुनचाँदीको कारोबार हुँदा अन्तर्राष्ट्रिय सुनको मूल्यलाई नै आधार मानेर गर्दछन्। अन्तर्राष्ट्रिय बजारमा आउने सुनको भाउको उतार–चढावको प्रत्यक्ष असर सुनको नेपाली बजारमा पनि तत्काल नै पर्दछ। विगतमा सञ्चारका साधनहरूको विकास नहुँदा यसको असर कम हुन्थ्यो भने अहिलेको समयमा यस्तो प्रभाव अझ बढी पर्न थालेको छ।

सूचनाको प्रविधिहरूमा आएको विकास, विभिन्न इन्टरनेट, फोन जस्ता साधनहरूको प्रयोगले विश्वलाई नै सानो देश जस्तो बनाइसकेको सन्दर्भमा नेपालको सुनको बजार अछुतो रहन सक्ने कुरै भएन। प्रविधिलाई आत्मसात् गरिएन भने सुनको पारदर्शी, व्यवस्थित र उपयुक्त भाउको निर्धारण गर्नै सकिँदैन।

विश्वभरि कुनै पनि देशमा सुनको भाउ तोक्ने काम सरकारले गर्दैन। विभिन्न देशहरूमा रहेका गोल्ड तथा कमोडिटी एक्सचेन्जहरूमा भएका कारोबारका आधारमा सुनचाँदीको भाउको सञ्चार हुँदै जाने हो। मूल्यको निर्धारण प्रक्रियामा प्रभाव पार्ने विभिन्न कारणहरू हुन्छन्, तर सबैभन्दा मुख्य कारण माग र आपूर्ति नै हो। त्यसैले वस्तुको बजारमा माग र आपूर्तिको ठुलो भूमिका हुन्छ। यसले सुनचाँदीको मूल्य निर्धारणमा प्रमुख भूमिका सधैँ नै खेलिरहेको हुन्छ।

नेपालको हकमा २०६६ सालबाट नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति ६ महिनाको वस्तु तथा सेवा आयात गर्नलाई मात्र पुग्ने गरी घटेपछि देशलाई आर्थिक रूपमा असफल हुनबाट बचाउन सीमित समयको लागि सुनको आयात बैंकहरुलाई मात्र  गर्न दिने गरी दैनिक १० किलो सुनको कोटा तोकी सुन आयात गर्न खुला गरिएको थियो।

देशको सुनको बजारको मागलाई मध्यनजर गर्दै १० किलो प्रतिदिनको कोटाबाट क्रमशः १५ किलो, हुँदै २० किलो र लगनको सिजनको बेलामा २५ किलो सम्मको दैनिक सुनको आपूर्तिको व्यवस्था नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । अहिलेको तत्कालीन समयमा नेपालमा वार्षिक रूपमा ५० देखि ६० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भइरहेको तथ्यांकमा उल्लेख छ। हरेक वर्ष लगभग ६ अर्ब रुपैयाँ भन्दा बढीको भन्सार, आयकर, ‘टीडीएस’ लगायत प्रत्यक्ष अप्रत्यक्ष राजस्व यस क्षेत्रबाट प्राप्त भइरहेको छ।

तर यी सबै विषयलाई टाढा राखेर हेर्ने हो भने हाल नेपालमा सुनचाँदीको बजार साघुरिदै गएको छ । दैनिक रूपमा २० केजीसम्म सुनलाई खपत गर्न पाउने प्रावधान भएपनी मुस्किलले १५ केजीसम्म खपत हुन गाह्रो भएको नेपाल सुनचाँदी महासंघका अध्यक्ष मनिकरत्न शाक्यको भनाई छ । सुनको भाउमा अस्वाभाविक रूपमा वृद्धि हुन गएको तर खपतको अवस्था नरेको कारण व्यवसायी दिनानुदिन पलायन भएको महासंघ अध्यक्ष शाक्यको भनाई छ ।

कोभिड अगाडीको समयमा बजार लगभग लयमा बहेको रहेपनी त्यसपछाडिको समय बजार बढ्नुको साटो झन् झन् घट्दै गइरहेको उनी बताउँछन् । धेरैजसो व्यवसायीले सटरको भाडा तिर्न समेत नसक्ने स्थिति निर्माण भएको भन्दै शाक्यले दुखेसो पोखेका छन् । राज्यको व्यवसायीमैत्री कानुन र लगानीको वातावरण नभएकै कारण व्यवसायीहरू दिनप्रतिदिन व्यवसायबाट भागी रहेको उनको आरोप छ । उनी भन्छन् आर्थिक मन्दी नेपालमा मात्रै हैन विश्वमा नै देखिएको छ तर नेपालको हकमा भएको मन्दी फरक छ यहाँको राज्य सत्ताले दायित्व बोध गर्न सकेको अवस्था छैन ।

कामको अवसर सृजना गर्न नसक्ने निरन्तर बढिरहेको सुनको मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थापनी नभएको अवस्थामा अलिकति भएको गहनाको सुरक्षा समेत नरहेको कारण व्यवसायीहरू साच्चिकै निराश छन् । म दोहोराएर भन्छु यहाँ काम गर्नेहरूको वातावरण छदैछैन् , कामको सम्मान र उचित बजार व्यवस्थापन गर्न सरकारले ध्यान दिएको अवस्था छैन यहीँ क्रम निरन्तर बढ्ने हो भने केही समयमै व्यवसायी नेपालमा भेटिन गाह्रो छ ।

अहिले बैंकहरुले होल्ड गर्नुपर्छ भन्ने डरले सुन खरिद गर्न मानेको अवस्था छैन , खरिदकर्तासँग आर्थिक चपेटा छ सुनको बजार दिनदिनै घटिरहेको छ । नयाँ सुन किन्नेहरूभन्दा पुरानो सुन नै मर्मत बनाउनेको जमात छ । यस कारण सरकारले बेलैमा सुनको बजार सुन व्यवसायीको अवस्थाबारे बुझिदिन जरुरी छ ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?