National life

संसदबाट आज बजेट पास हुदै, अर्थमन्त्री डा.महतले तीनवटा विधेयक पेस गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
580Shares
संसदबाट आज बजेट पास हुदै, अर्थमन्त्री डा.महतले तीनवटा विधेयक पेस गर्ने
ncell

काठमाडौँ । झण्डै महिना दिन लामो छलफलपछि आज प्रतिनिधि सभाबाट विनियोजित बजेट पास हुने भएको छ । बुधबार विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेट २०८०/८१ पारित गर्ने प्रस्ताव पेस गर्ने संसदीय कार्यतालिका रहेको छ ।

यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्तिममा अर्थमन्त्री डा. प्रकाश शरण महतले 'विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले  'आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्तावमा 'आर्थिक विधेयक, २०८०' माथि दफावार छलफलको लागि दिन तोकिने र  'राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव समेत सभामा पेस गर्ने कार्यतालिका रहेको छ ।
बजेट आजै पास गर्ने तयारीका साथ सत्तारुढ दलहरूले आ-आफ्नो पार्टीमा ह्विप जारी गरिसकेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?