National life

सरकारले २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ सार्वजनिक ऋण तिर्न बाकीँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
737Shares
सरकारले २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ सार्वजनिक ऋण तिर्न बाकीँ
ncell

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा नेपालले २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ सार्वजनिक ऋण तिर्न बाकी रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार तीन महिनामा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण थपिएको हो ।

देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा सरकारले ६९ अर्ब रुपैयाँ ऋण तिरेको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विदेशी विनिमयदरमा भएको परिवर्तनले भदौसम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको छ ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड छ भने बाह्य ऋण १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । असारसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।

सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?