National life

सरकारले ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
570Shares
सरकारले ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै
ncell

काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका अनुसार २९ भदौ शुक्रबार बोलकबोल हुने र ३१ भदौमा उक्त ऋणपत्र निष्कासन हुने छ ।

विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रकोे ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ७ अर्ब ६८ करोड ४० लाख रुपैयाँ र १ अर्ब ३५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?