National life

साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
582Shares
साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका दिन साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।

बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने एक सूचना मार्फत जनाएको छ ।

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?