National life
cg eloctronics

साताको समीक्षा: सत्ता समीकरणको बिच शेयर बजारमा ७० अङ्कले वृद्धि 

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ फागुन २०८०, शुक्रबार
816Shares
साताको समीक्षा: सत्ता समीकरणको बिच शेयर बजारमा ७० अङ्कले वृद्धि 
muktinatha bikash bank

काठमाडौँ । यस साता सत्ता समीकरण र पुन गठनको प्रभाव पुँजी बजारमा देखिएको छ। यस साता सेयर बजार तीव्र उतारचढावका बीच नेपाल स्टक एक्सचेन्ज ने(प्से) परिसूचक ७० अङ्कले बढेको छ ।

साताको पहिलो कारोबारका दिन आइतबार कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंकले बढेको छ । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको बजारमा मङ्गलवार भने उच्च अङ्कको गिरावट देखिएको थियो ।

मङ्गलवार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधवार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधवार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।

everest bank

त्यसै गरी यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भएको छ। मङ्गलवार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ रुपैयाँ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ ।

त्यसै गरी, बुधवार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
816SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?