काठमाडौँ । साताको चौथो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । घटबढको क्रम चलिरहेको शेयर बजार आज हरियाली आएको हो ।
आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा कायम भएको छ ।
आज बैंकिङ समुहको १.१५, विकास बैंकको १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, र अन्यको २.०९ तथा व्यापार १ प्रतिशत बढेको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ । यसअघि प्रोफिट बुकिङसँगै राजनीतिक माहोल अस्थिर बन्दै जाँदा बजार प्रभावित भएको आँकलन गरिएको थियो । सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाइ हटाउने निर्णय गरेपछि मंगलबारको बजार थप प्रभावित भएको धेरैले जानकारहरूको भनाई छ ।
यसैगरी, बजार घट्नेक्रम नरोकिएपछि खरिद गर्ने मुडमा रहेकाहरू पुनः ‘वेट एन्ड वाच’को मुडमा बसे, जसले गर्दा कारोबार रकम न्यून हुन गएको छ। तर अब लगातारजसो घट्दा सेयर मूल्य सस्तो भइसकेको छ । शेयर बजारको धेरै घट्ने ठाउँ नभएको कारण अब सुधारतर्फ उन्मुख भएको जानकारहरूको भनाई छ ।

































