National life

शेयर बजारमा पहिरो १३ वटै उपसूचक राताम्य, २३ अर्ब बढीको कीर्तिमानी कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
1.4kShares
शेयर बजारमा पहिरो १३ वटै उपसूचक राताम्य, २३ अर्ब बढीको कीर्तिमानी कारोबार
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा पहिरो गएको छ । एक महिनाभन्दा बढी समयसम्म निरन्तर उर्लिएको बजारमा आज भने पहिरो गएको हो । निरन्तर हरियाली छाएको बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दा शेयर बजारमा भारी गिरावट देखिएको हो ।

सोमबार सांसद अमरेश कुमार सिंहले बजार कृत्रिम रूपमा केही सीमित व्यक्तिले बढाएको र साना लगानीकर्ताको लगानी जोखिममा पारेका भन्दै संसदमा जंगिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
थिए । उनले केही कम्पनी र लगानीकर्ताहरूको नाम नै लिएर चलखेल भइरहेको हुँदा छानबिन हुनुपर्ने माग गरेका थिए। जसले गर्दा शेयर बजारका लगानीकर्ताको मनोबल खस्किएको देखिएको छ ।

मङ्गलवारका दिन बजार १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ।

यस दिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ५.९६ प्रतिशत, विकास बैंक समूहको ५.४३ प्रतिशत, फाइनान्स समूहको ८.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको ८.०३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?