National life

शेयर बजारमा फेरि देखियो रौनक, कारोबार भने ६ अर्बले सुस्तायो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
884Shares
शेयर बजारमा फेरि देखियो रौनक, कारोबार भने ६ अर्बले सुस्तायो
ncell

काठमाडौं । शेयर बजारमा फेरि हरियाली छाएको छ । मंगलबार भारि गिरावट देखिएको शेयरबजारमा आज रौनक देखिएको हो ।

मंगलवारका दिन हालसम्मकै उच्च कारोबार भएको मार्केटमा आज भने करिब ६ अर्बले कारोबार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.३५ अकंले बढेर २७५९.६७ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार २३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको २.३२ प्रतिशत, विकास बैंक समूहको ४.५१ प्रतिशत, फाइनानस समूहको ७.६३ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.१३ प्रतिशत, हाइड्रोपावर समूहको ५.७२ प्रतिशत शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको ६५ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सानिमा माई हाइड्रोपावरको ५५ करोड ७३ लाख ९८ हजार रुपैयाँ, शिभम् सिमेन्ट्सको ४६ करोड २१ लाख ५६ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?