National life

शेयरमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् कहिलै घाटा हुँदैन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
1.6kShares
शेयरमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् कहिलै घाटा हुँदैन
ncell

काठमाडौँ। नेपालको सेयर बजारबारे लगानीकर्ताहरूमा पर्याप्त ज्ञान नभएकै कारण बजारमा उतारचढाव आउने गर्दछ । पछिल्लो समय प्रायः लगानीकर्ताहरू अध्ययन बिना नै लगानी गर्ने गरेको पाइएको छ। साथीभाइ र सामाजिक सञ्जालको भरमा उनीहरूले लगानी गर्छन्। जसका कारण बजारबाट ठुलो घाटा व्यहोरेको पाइन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्तामा प्रयाप्त ज्ञान नभएकै कारण ठुलो घाटा बेर्होनुपरेको अवस्था कायम छ । यसर्थ लगानीकर्ताले शेयर बजारमा लगानी गर्नु पहिले कुन कुन कुरामा ध्यान दिने वा लगानीका लागि कस्तो कम्पनी छनोट गर्ने भन्ने विषयमा आर्थिक भ्वाइसले शेयर लगानीकर्ता एवम् विश्लेषक छोटेलाल रौनियारलाई सोधेको छ । प्रस्तुत छ रौनियारका धारणा

पहिलो विषय त कम्पनीको प्रोफाइल हेर्न जरुरी छ। कम्पनीको चौतर्फी अध्ययन बेगर लगानी गर्दा भोली लगानी दुुब्न सक्ने सम्भावना हुन जान्छ। त्यसको साथै, कम्पनीको पीरेसियो, अर्निङ पर शेयर, नेटवर्थ र त्यसको प्रमोटरहरुको समेत अध्ययन गर्न जरुरी छ । त्यसबाहेक कम्पनीको विगतको इतिहास कस्तो छ भनेर समेत अध्ययन गर्न जरुरी छ।

त्यस्तै, कम्पनीको आय व्ययको अवस्था कस्तो छ ? कम्पनीको ग्रोथ कस्तो छ ? यो विषयमा जान्न जरुरी छ । यदि कम्पनीको निरन्तर ग्रोथ भएको छ भने त्यसमा लगानी गर्दा राम्रो मानिन्छ। तर केही कम्पनीहरू राम्रो चल्दाचल्दै पनि अन्तिममा ग्रोथ हुन नसक्ने अनि लाभांश थोरै दिएर थला पर्ने गरेको अवस्था पनि छ । यो लगानीकर्ताको हकमा राम्रो मानिदैन् यसकारण यस्ता विषयमा चनाखो हुन जरुरी छ।

त्योसँगै लगानीकर्ताले लगानी गर्नुअघि लगानीको अवधि, जोखिम बहन गर्न सक्ने क्षमता, प्रतिफल आम्दानीजस्ता मुख्य विषयवस्तुमा ध्यान दिनुपर्छ। ज्ञान लिने दिने विषयमा लजाउनुपर्छ वा असहज महसुस गर्नुपर्छ भन्ने हैन सबै विषयको ज्ञान सबैसँग हुँदैन त्यसकारण कतिपय नबुझिएका विषयमा आफूभन्दा त्यो विषयमा ज्ञान भएको व्यक्तिसँग परामर्श लिएर कम्पनीको अवस्था, लगानीको चुनौती र सम्भावनाबारे छलफल गर्नु जरुरी छ ।

तीन वर्षको बिचमा ६० देखि ६५ लाख लगानीकर्ताको संख्या बढेको छ । तर धेरैजसो लगानीकर्तामा पर्याप्त शेयर बजारको विषयमा ज्ञान नै छैन । धेरैजसो अन्य फिल्डबाट आएका लगानीकर्ता छन् । कर्मशबाट आएको लगानीकर्ताको संख्या निकै थोरै छ । लगानीकर्ता धेरैलाई शेयर बजार भनेको सुनको हात्ती दिने हो भन्ने लागेको छ। आज लगानी गर्यो भोली नाफा खोज्नेको जमात बाक्लिँदै गएको छ। शेयर बजारबारे पर्याप्त ज्ञान नभएकै कारण लगानीकर्ता निरन्तर रूपमा ठगिने गरेको पाइन्छ ।

लगानीकर्तामा ज्ञान नभएकै कारण पहिलो कुरा त उनीहरू ब्रोकर कम्पनीसँग नै ठगिनु परेको छ । उनीहरूलाई थाहा छैन कि ब्रोकर कम्पनीले खरिद गर्दा होस् वा बिक्री गर्दा लगानीकर्ताको पैसा खाइरहेको हुन्छ । बजारमा सटिक नाफाको लागी अनेकौँ फन्डा गर्ने व्यक्ति र कम्पनीको बिगबिगी छ ।

उसो त ती कम्पनीहरू हाम्रो हिटमा छैनन् । हामीले खोज्ने दीर्घकालीन र विश्वासिलो कम्पनी हो। शेयर बजारमा सबै लगानीकर्ता सम्पन्न मात्रै छैनन् यहाँ विद्यार्थी, गृहिणी , वा अन्य स साना पेशा व्यवसायका लगानीकर्ता समेत जोडिएका छन् हो उहाँहरूको लागी क्षणिक आश्वासन देखाएर विलीन हुने कम्पनी उपयुक्त हुन सक्दैन । बजारको विषयमा ज्ञान नभएको कारण उहाँहरूलाई पनि यही ठिक होला भन्ने लाग्छ अन्ततः त्यहाँ धोका मिल्छ र लगानीकर्तामा निराशा थपिन थाल्छ ।

शेयर बजार अर्थतन्त्रको मेरुदण्ड हो, ऐना हो भनेर हामीले लामो समयदेखि भन्दै आएका छौ तर केही फण्डामेन्टल गर्नेहरूको कारण बजारमा अझै पुरापुर विश्वास आउन सकेको छैन । राम्रो कम्पनीको छनोट गर्दा बजार घटेपनी भ्यालु कायम रहन्छ । दीर्घकालीन रूपमा त्यसको असर पर्न जादैन् । शेयर बजारमा जुवाको घर हो भनेर फैलाउनेहरूकै कारण बजारमा विश्वास बढ्न नसकेको हो। शेयर बजार उत्पादनको एउटा श्रोत हो । यसमा राम्रो र निरन्तरको मेहनतसँगै चेतना पुर्‍याउन सकियो भने घाटा भन्ने हुँदै हुँदैन ।

बजारमा सुन्तला किन्न जाँदा त दाग लागेको नलागेको भनेर राम्रो नराम्रो छुट्टयाउछौ लगानी गर्ने कम्पनी छनोट गर्दा किन त्यसो गर्न नसकेको रु हामीले कम्पनीको प्रोफाइल राम्रोसँग अध्ययन गरेर लगानीयोग्य हो वा होइन भनेर हेर्न मनन गर्न जरुरी छ । ठिक कम्पनीको छनोट, पर्याप्त बजारको ज्ञान र हल्लाखल्लाको रवाफबाट टाढा बसेर लगानी र बजारको उतार चढावलाई बुझ्न सकियो भने लगानीकर्ताको राम्रो आम्दानीको श्रोत नै शेयर बजार हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?