National life

सेयर बजारमा अनावश्यक त्रास फैलाइएकाले प्यानिक हुन आवश्यक नरहेको अर्थमन्त्री वाग्लेको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
2KShares
सेयर बजारमा अनावश्यक त्रास फैलाइएकाले प्यानिक हुन आवश्यक नरहेको अर्थमन्त्री वाग्लेको भनाई
ncell

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको पछिल्लो अस्थिरता तथ्यभन्दा बढी अफवाह र मनोवैज्ञानिक असरका कारण उत्पन्न भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको अन्तरक्रियामा उनले सरकार बजारमा प्रत्यक्ष हस्तक्षेप गर्नेभन्दा विश्वास अभिवृद्धि, पारदर्शिता र संरचनागत सुधारमा केन्द्रित रहेको प्रष्ट पारे।

उनले साना लगानीकर्तामाथि कारबाही हुने भन्ने हल्ला निराधार भएको उल्लेख गर्दै सरकारको त्यस्तो कुनै नीति नभएको दोहोर्‍याए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नीतिगत स्पष्टता हुँदाहुँदै पनि गलत सूचनाका कारण बजारमा अनावश्यक दबाब सिर्जना भएको उनको भनाइ छ।

अर्थमन्त्रीका अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) डिजिटल पूर्वाधार, पारदर्शिता र ट्र्याकिङ प्रणालीका हिसाबले अन्य क्षेत्रभन्दा अगाडि छ। पेपरलेस कारोबार, बैंकिङ प्रणालीमार्फत भुक्तानी तथा लाभांशको सिधा खातामा जम्मा हुने व्यवस्थाले बजारलाई औपचारिक अर्थतन्त्रसँग अझ मजबुत बनाएको उनले बताए।

सरकारले नेप्सेको पुनर्संरचना सम्बन्धी प्रतिवेदन अध्ययन गरिरहेको र त्यसका आधारमा दीर्घकालीन सुधारका कार्यक्रम अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए।

वाग्लेले अनुशासनयुक्त स्वतन्त्र बजारलाई सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै इन्साइडर ट्रेडिङ र बजार हेरफेरजस्ता गतिविधिमा भने कडाइका साथ कारबाही गरिने बताए। कारबाही कसैलाई लक्षित नभई प्रमाणका आधारमा मात्र हुने उनको स्पष्टोक्ति थियो।

उनले छोटो अवधिको उतारचढावलाई ठूलो संकटका रूपमा चित्रण गर्नु उचित नहुने बताउँदै यस्तो प्रवृत्तिले दीर्घकालीन लगानी संस्कृतिमा नकारात्मक असर पार्ने चेतावनी दिए। साथै, लगानीकर्तालाई हतारमा निर्णय नगर्न र धैर्यपूर्वक लगानी गर्न आग्रह गर्दै बजार सुधारका लागि सरकार प्रतिबद्ध रहेको जनाए।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?