National life

हकप्रद शेयर निष्काशनमा ढिलाई गरेको भन्दै एलआईसी नेपाललाई धितो पत्र बोर्डले सोध्यो स्पष्टीकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
666Shares
हकप्रद शेयर निष्काशनमा ढिलाई गरेको भन्दै एलआईसी नेपाललाई धितो पत्र बोर्डले सोध्यो स्पष्टीकरण
ncell

काठमाडौँ । एलआईसी नेपालको हकप्रद सेयर निष्काशनमा ढिलाइ भएसँगै नेपाल बीमा प्राधिकरण र नेपाल धितो पत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।

नेपाल बीमा प्राधिकरणले हकप्रद दिनैपर्ने बाध्यता भएको कारण ८८.४५१६८ प्रतिशत हकप्रद शेयरको अनुमति दिएको थियो । नेपाल बीमा प्राधिकरणले नेपालको मात्रै स्वामित्वमा नरहेको कम्पनीले चुक्ता पुँजिवृद्धिको लागि ८८.४५१६८ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत, विशाल गुप्रको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ । नेपाल धितो पत्र बोर्डले इन्साइडर ट्रेडिङको आंशका गर्दै सम्पूर्ण प्रक्रियागत रूपमा एलआईसी नेपालको हकप्रद निष्कासनको ढिलाइबारे अध्ययन सुरु गर्ने बोर्डको भनाई छ ।

चुक्ता पुँजिवृद्धिको लागि हकप्रद शेयरको नाममा बजारमा चलखेल गरेको भन्दै धितो पत्र बोर्डमा निवेदन समेत परेको बोर्डले बताँएको छ। ६ महिनासम्म हकप्रद शेयर निष्काशनको तयारीमा रहेको भन्दै सूचना दिएर दोस्रो बजारमा चलखेल भएको विषयमा बोर्डले अध्ययन सुरु गर्ने भएको छ।

कम्पनीले असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो । ६ महिनाबितिसक्दा पनि कम्पनीको हपप्रद शेयर निष्काशन नभएको हुँदा शंकको घेरामा राखेर इन्साइडर ट्रेडिङको छानबिन सुरु गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले हकप्रद सेयर निष्काशनको प्रक्रियामा समय लम्ब्याएपछि एलआईसी नेपालमा पत्र काटेर सपष्टिकरण नै लिईसकेको छ।

बीमा प्राधिकरणले सोधेको प्रश्नमा कम्पनीले धितो पत्र बोर्डको प्रकृयाको कारण नै समय लम्बिएको जवाफ दिएको थियो । एलआईसी नेपालले कुनै पनि निर्णय लिनु अघि एलआईसी भारतसँग राय सुझाव लिनुपर्ने हुन्छ। सो कारण पनि समस्या देखिएको कम्पनी बताउँछन् ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?