National life

११ महिनामा बैंकको निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोडले बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
546Shares
११ महिनामा बैंकको निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोडले बढ्यो
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदै गर्दा कर्जा लगानी घटेको छ । केन्द्रीय बैंकले सोमबार चालू आर्थिक वर्षको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको हाे ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत) ले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. २६६ अर्ब (५.७ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको थियो । २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ६.० प्रतिशतले र वित्त कम्पनीहरूको ०.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६८.० प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ७.३ प्रतिशतले बढेको छ ।

त्यस्तै अधिविकर्ष कर्जा ६७.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुन वर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ७.२ प्रतिशतले र हायर पर्चेज कर्जा १३.० प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?