National life

१९ खर्बको आधारलाई टेकेर बजेट सार्वजनिक गर्ने तयारीमा सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
538Shares
१९ खर्बको आधारलाई टेकेर बजेट सार्वजनिक गर्ने तयारीमा सरकार
ncell

काठमाडौँ । सरकारले आज मंगलबारका दिन आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक हुने भएको छ ।

बजेट सार्वजनिकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ। त्यसअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्ने भएको छ।

बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम बजेटमा अघि सारिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले संघीय संसद्को दुवै सदनमा बजेट वक्तव्य प्रस्तुत गर्नेछ। अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने बताइएको छ।  चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?