National life

२० अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक, बोलकबोल आजै हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
595Shares
२० अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक, बोलकबोल आजै हुँदै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।

२० अर्ब ७१ करोड जसमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको एक सूचना मार्फत बैंकले जानकारी दिएको हो । भने ५अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको बैंकको सूचनामा उल्लेख छ ।

भोली मंगलबार चैत १३ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।

साथै ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १२ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनको लागि ६० करोर्ड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असोज ८ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ११ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?