National life

ऋणपत्र दर्ता तथा निष्कासन नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|०५ भदौ २०८३, शुक्रबार
2.8kShares
ऋणपत्र दर्ता तथा निष्कासन नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ। बोर्डले नेपालको ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी तथा प्रभावकारी बनाउने उद्देश्यले नियमावलीको मस्यौदा तयार पारेको हो।

बोर्डका अनुसार सार्वजनिक गरिएको नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ मा नेपालको पूँजी बजारलाई ‘इक्वीटी सेन्ट्रिक मार्केट’ बाट ‘मल्टी प्रडक्ट क्यापिटल मार्केट’ मा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुसार आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा ऋणपत्र बजारलाई गतिशील बनाउन संस्थागत ऋणपत्र बजार विकास गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको पूँजी बजारमा ऋणपत्र तथा बन्ड बजारको विकासमार्फत बजारको गहिराइ, तरलता तथा जोखिम व्यवस्थापनमा योगदान पुर्याउने बोर्डको अपेक्षा छ। ऋणपत्र बजारलाई थप विविधीकृत, प्रतिस्पर्धी र पारदर्शी बनाउन संस्थागत ऋणपत्र बजारको विकास आवश्यक रहेको बोर्डले जनाएको छ।

नयाँ व्यवस्थामार्फत बैंक तथा वित्तीय संस्थासँगै अन्य योग्य संगठित संस्थाले समेत ऋणपत्रमार्फत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत आधार मानी ऋणपत्र दर्ता तथा निष्कासनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र समयानुकूल बनाउन नियमावलीको मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार मस्यौदा कानून प्रवलीकरण समितिमा छलफल भई आवश्यक परिमार्जनसहित तयार गरिएको हो। अब सरोकारवालाबाट प्राप्त राय तथा सुझावको अध्ययन गरी नियमावलीलाई अन्तिम रूप दिइनेछ।

बोर्डले मस्यौदाका सम्बन्धमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्ना राय, सुझाव वा प्रतिक्रिया उपलब्ध गराउन आग्रह गरेको छ। सरोकारवालाले बोर्डको इमेलमार्फत सुझाव पठाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?