काठमाडौं । मेरो एकल नाममा ईन्फिनिटी होल्डिङ्स प्रा. लि रहेको छ । उक्त प्रा.लि.मा चुक्ता पुँजी ४८ करोड रहेको छ ।
ईन्फिनिटी होल्डिङ्स एकल लगानी अन्तर्गतको हिमालयन एसेट म्यानेजमेन्ट कम्पनी रहेको छ । ईन्फिनिटि ईन्फ्रास्टक्चर कम्पनी लगायतमा मेरो लगानी रहेको छ । सम्पूर्ण विवरण हाल एकिन भएन । उक्त लगानी मेरो व्यवसायबाट आर्जन गरिएको हो । हिमालयन ईन्भेष्टमेन्ट बैंकर लि. मा मेरो श्रीमतीको शेयर रहेको छ ।
हाल प्रतिशत एकिन भएन । मैंले मेरो शेयर कारोबारको लागि भृकुटी स्टक ब्रोकिङ प्रा. लि.नेपाल धितोपत्र बोर्ड खुमल्टार ललितपुरको पत्र समेतको जाहेरीले नेपाल सरकार (ब्रोकर नं. ५५) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मैंले कुनै पनि खाता प्रयोग गरेको छैन । साथै कारोबार पनि गरेको छैन । उक्त KYC फारममा मैंले मेरो माथि उल्लिखित विवरणहरूका साथै सम्पर्क नं. ९८५११९८८०८ र Email Address: dbhatta7@gmail.com रहेको छ। मैंले हालसम्म शेयर कारोबार गरेको छैन । मैंले DMAT एकाउन्ट खोलीसके पश्चात भृकुटी ब्रोकरलाई ID password दिएको छु । तर कारोबारको अनुमति दिएको छैन । भृकुटी ब्रोकरसँग कारोबारको सन्दर्भमा लागु हुने गरी नेपालको प्रचलित कानुन लागु हुने भनी एउटा सम्झौता गरेको छु । मैंले कोही व्यक्ति वा संस्थाको नाममा DMAT Account, TMS User Bank Account प्रयोग गरेको छैन ।
शेयर कारोबार भएको सम्बन्धमा मैंले सुरूमा फोनको SMS जानकारी नराखी सामान्य लापरवाही भएको हो । पछि जानकारीमा आए पश्चात सन्दिप चाचनलाई अफिसमा बोलाई मेरो स्वीकृति र आदेश विना के कति कारणले कारोबार गरेको हो ? म मुद्दामा जान्छु भन्दा निजले मसँग निजले आफ्नो गल्ती स्वीकार गरी आफू नै वास्तविक धनी भएको स्वीकार गरी म यो कारोबार राफसाफ गर्छु भनी वचन दिई गएको हो ।
साथै, निजले मेरो एकाउन्टमा भएका कारोबारको वास्तविक धनी निज आफैँ रहेको भनी वचन बद्दता गरेको थियो । यसको वास्तविक धनीको जानकारी लिन IP Address बाट समेत एकिन गरि अनुसन्धान होस् । मैले माथि नै खुलाई लेखाई सकेको छु की शेयर कारोबार मैंले गरेको छैन । अतः यसको छु लागि मेरो कारोबार गरिदिने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान होस् । जुन कम्पनीको डिबेन्चर किनवेचको निर्णय भएको छ । त्यसमा सञ्चालक समिति, व्यवस्थापन, लगानी समितिसँग अनुसन्धान गरी कसको प्रभावमा परी गरेको हो बुझ्न अनुरोध गर्दछु । मेरो ती सबै कम्पनीमा शेयर लगानी समेत छैन ।
जसमा आधारभूत शेयर रहेको छ । त्यसमा समेत सञ्चालक समिति, व्यवस्थापन, लगानी समितिमा मेरो संलग्नता छैन र डिजिटल फुट प्रिन्ट हेरी वास्तविक धनी र कारोबारकर्ता पहिचान गरी अनुसन्धान होस् भन्ने मेरो आग्रह छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानको क्रममा बयान गर्दा नै मैले कारोबारहरूको जानकारी पाएको हो । उक्त जानकारी अनुसार ती कारोबार गर्दा मेरो समेत लगानी गर्ने कम्पनीहरूको कारोबारमा प्रयोग भएको TMS को IP Address एउटै कार्यालयबाट सञ्चालन भएको थाहा हुन आयो । अतः त्यस कारोबार गर्ने व्यक्तिहरूको पहिचान र आवश्यक अनुसन्धान होस् ।
यस सम्बन्धमा मैंले यसपूर्व नै खुलाईदिए बमोजिम नै मेरो संलग्नता रहेको छैन । मैंले भृकुटी स्टक ब्रोकिङसँग सम्झौता मात्र गरेको हो । तर कार्यान्वयन गरेको/भएको छैन । सम्झौता कार्यान्वयन हुन मेरो पूर्व स्वीकृती र निर्देशन हुनुपर्दछ । त्यसपछि जति मूल्यको कारोबार हुने हो त्यो मूल्यको कोल्याटरल बापत मैं ब्रोकरलाई अग्रिम २५% भूक्तानी गरिदिएको हुनुपर्दछ । अनि मात्र सम्झौता बमोजिम कार्यान्वयन भ मानिन्छ । साथै T+2 कार्यान्वयनको जिम्मेवारी भृकुटी ब्रोकरको हो । अतः उक्त कारोबारमा मेरो दायित्व रहँदैन । बरू सम्बन्धीत ब्रोकर वा सम्बन्धीत कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान होस् ।
मैंले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जानकारी पाएअनुसार मेरो TMS खातामा शेयर मूल्य बढिसके पश्चात डम्प गरेको देखिन्छ । त्यो के कति कारणले डम्प गरेको हो । वास्तविक धनीलाई थाहा हुने विषय हो । यसअघि विभिन्न व्यक्ति र संस्थाबाट ब्रोकरको खातामा पैसा गई अप्राकृतिक ढंगले शेयरको मूल्य बढाएको देखिन्छ । यो के उद्देश्यले मूल्य बढाईयो र बढेपछीका लाभकर्ता को को हुन् भन छानविन गर्ने विषय हो ।
मैंले यसपूर्व खुलाए बमोजिम नै मेरो धितोपत्र कारोबारमा संलग्नता छैन। बरू मेरो खाता दुरूपयोग गरी मलाई नै क्षति पुऱ्याउने कार्य भएको छ । साथै मैंले हालसम्म कारोबार नै नगरेको र कुनै कारोबारबाट लाभ पनि लिएको छैन । मैंले ब्रोकरसँग जम्मा जम्मी कारोबार गर्न सम्झौता मात्र गरेको हो । तर कार्यान्वयन गरेको / भएको छैन । सम्झौता कार्यान्वयन हुन मेरो पूर्व स्वीकृती र निर्देशन हुनुपर्दछ । त्यसपछि जति मूल्यको कारोबार हुने हो त्यो मूल्यको कोल्याटरल वापत मैंले ब्रोकरलाई अग्रिम २५% भूक्तानी गरिदिएको हुनुपर्दछ । अनि मात्र सम्झौता बमोजिम कार्यान्वयन भएको मानिन्छ । बिक्री गर्दा पनि EDIS गरेको हुनुपर्दछ सो समेत मैंले गरेको छैन । न मेरो खाताबाट ब्रोकरकोमा कुनै रकम गएको छ
कुनै रकम आएको नै छ । यी सबै व्यहोराबाट मेरो शेयर करोवारमा संलग्नता नरहेको प्रष्ट हुन जान्छ । कारोबार नै नगरीकन कसूरको भागिदार हुने विषय नै रहेन । जहाँसम्म कृत्रिम कारोबारबाट मूल्य वृदि कुरा छ त्यसको लागि कुन कुन व्यक्ति र संस्थाबाट ब्रोकरलाई भुक्तानी भएको छ र कुन कुन व्यक्ति र संस्थाले मूल्य बृद्दिबाट लाभ लिएको छ त्यो छानविनको विषय हो । मेरो TMS खातामा शेयर मूल्य ढसकेपश्चात डम्प गरेको देखिन्छ ।
त्यसैले सवालमा उल्लिखित विषयमा ब्रोकरबाट मलाई धोका तथा जालसाजी भएको छ । त्यसकारण धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को देहाय (क) र दफा ९८ को कसूरमा मेरो कुनै संलग्नता छैन । उक्त सम्झौता मितिः २०८२/०४/०२ गते म र कम्पनीको प्रतिनिधी विच मेरो सानेपा स्थित ईन्फिनिटि होल्डिङ्स् प्रा.लि. को कार्यालयमा भएको हो । उक्त सम्झौता कारोबार गर्ने मनसायले गरेता पनि मैंले कारोबारको कार्यान्वयन गर्न र कुनै कारोबारको लागि आदेश र सहमति समेत दिएको छैन ।
मैंले ब्रोकरको सल्लाह बमोजिम उक्त सम्झौता गरेको थिएँ । कानुनी हैसियतको विषयमा ग्राहकले नभै ब्रोकरले जानकारी राख्ने विषय हो । तर सम्झौतामा नेपालको कानुनबमोजिम भनी उल्लेख भएको छ । मेरो बुझाईमा मैंले कारोबार नै नगरेको र कारोबारको नीम्ति अपनाउनुपर्ने प्रकृयामा सामेल नभएको साथै निर्देशन र सहमति समेत नभएकोले मलाई ब्रोकरबाट जालसाजी भएको प्रष्ट हो । मैंले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको जानकारी पाएको हो ।
सोपश्चात ब्रोकरलाई बोलाई उसलाई मुद्दा गरिदिन्छु भन्दा निजले आफ्नो गल्ती स्वीकार गरी राफसाफ गर्ने बचन दिएको थियो । मलाई हस्ताक्षर गर्न सन्दिप चाचन अग्रवालले निजको स्टाफलाई मेरो अफिसमा ल्याई हस्ताक्षर गराएको हो । के कुन स्टाफ आएका थिए हस्ताक्षरकर्तालाई नै जानकारी होला। वाँकी व्यहोरा सम्झौता पत्रमा नै उल्लेख गरिएको छ। मैंले उक्त हस्ताक्षर सम्झौतापत्रमा उल्लेखित मितिमा नै गरेको हो । मेरो सत्य साँचो व्यहोरा यत्ति नै हो ।
मैंले यसपूर्व खुलाएबमोजिम नै उक्त सम्झौतापत्र कार्यान्वयनमा गएको छैन । TMS खाता खोल्दा KYC मा भरिएको विवरण स्वीकार गरेको सत्य साँचो हो । कारोबारको म्यासेज आएता पनि मैं प्राय फोन कम प्रयोग गर्नु र Whatsapp को लागि Internet Connect मात्र गर्ने गरेकोले मैंले SMS नोटिस गरिन भन्ने ब्यहोराको प्रतिवादी दिपक भट्टको बयान ।
(धितोपत्र बोर्डले दिपक भट्टसँग लिएको बयान)


































