National life

देशभरका नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ वैशाख २०८१, आइतबार
1.1kShares
देशभरका नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने  तयारी
ncell

काठमाडौँ । देशभरका सबै नागरिकलाई नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा समेट्ने जनाएको छ।

विराटनगर आज सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त विषय प्रस्टाएको थिए । कार्कीले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको समेत जानकारी गराएका हुन । उक्त अवधिसम्म सहभागी सङ्ख्या ६ हजार एक सय १० पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्ष २०८०-८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगार रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेट्ने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताएका छन् ।

यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।

यसमा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने सङ्ख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुस्ट भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?